गृहपृष्ठ Featured जलवायु परिवर्तन र हिमालका मुद्दालाई सम्बोधन गराउन सगरमाथा संवाद : राज्यमन्त्री विक

जलवायु परिवर्तन र हिमालका मुद्दालाई सम्बोधन गराउन सगरमाथा संवाद : राज्यमन्त्री विक

काठमाडौँ ।

वन तथा वातावरण राज्यमन्त्री रुपा विकले जलवायु परिवर्तन र हिमालका मुद्दालाई सम्बोधन गराउन विश्वव्यापी पहलका लागि नेपालले पहिलोपटक सगरमाथा संवाद गर्न लागेको बताएकी छन्।

इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजीडीडी) ले नेपाल सरकारसँगको सहकार्यमा आज गरेको प्रि–सगरमाथा संवाद कार्यक्रममा उनले सगरमाथा संवाद कार्बन कम उत्सर्जन गर्ने समुदायका मानिसलाई समेत लक्षित भएको बताइन्।

उनले भनिन्, ‘नेपाल जलवायु परिवर्तनका कारणले गर्दा अत्यधिक जोखिमपूर्ण मुलुक हो, त्यसलाई लक्षित गरेर रोकथामका लागि सरकारले काम गरिरहेको छ ।’ सरकारले पहिलो पटक आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम गर्न लागेको छ ।

सम्बन्धित् समाचार