चैते दसैँको दुर्गा सुरु भएपछि बागलुङ कालिका मन्दिरमा ४२ लाखभन्दा बढी भेटी संकलन भएको छ।
बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार नवरात्रको अवधिभर ४२ लाख ६३ हजार एक सय ५५ रुपैयाँ भेटी संकलन भएको छ। गण्डकी प्रदेशकै प्रसिद्ध ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा आएका झण्डै ७ लाख दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएका हुन्।
अध्यक्ष खड्काका अनुसार नवरात्रको पहिलो दिन चैत १७ गते तीन लाख ४९ हजार ८ सय ६ रुपैयाँ भेटी संकलन भएको छ। दोस्रो दिन दुई लाख ३१ हजार चार सय ७०, तेस्रो दिन ५ लाख २० हजार एक सय ६५, चौथो दिन दुई लाख ८१ हजार ७ सय ५९ रुपैयाँ भेटी संकलन भएको छ।
पाँचौं दिन चार लाख ८२ हजार तीन सय ३५, छैठौं दिन ५ लाख ६८ हजार ७५० रुपैयाँ संकलन भएको छ। मन्दिरमा सबैभन्दा धेरै भेटी महाअष्टमीको दिन चैत २३ गते ११ लाख ८१ हजार ५ सय ९० संलकन भएको अध्यक्ष खड्काले बताए।








