गृहपृष्ठ Featured क्यान्सर पिडित ६ बर्षिया माहिराको उपचार गर्न एक लाख ३१ हजार संकलन गरि हस्तान्तरण

क्यान्सर पिडित ६ बर्षिया माहिराको उपचार गर्न एक लाख ३१ हजार संकलन गरि हस्तान्तरण

कपिलवस्तु ।

बाणगंगाकी क्यान्सर पिडित ६ बर्षिया माहिरा विश्वकर्माको उपचारका लागि ग्यालेक्सी युथ क्लबले एक लाख ३१ हजार रुपैयाँ संकलन गरि हस्तान्तरण गरेको छ ।

६ बर्षीया माहिराको उपचारका लागि ग्यालेक्सी युथ क्लबले संकलन गरेको एक लाख ३१ हजार ४५२ रुपैयाँ मंगलबार माहिराका बुवा मनु विश्वकर्मालाई हस्तान्तरण गरिएको हो ।

माहिराका पिता मनु विश्वकर्माले क्लबको निरन्तरको पहलबाट सो रकम संकलन गरिदिएकोमा धन्यवाद दिदैं छोरीको उपचार ठूलो सहयोग पुग्ने बताए ।

क्लबका अध्यक्ष अमृत गिरीले माहिराको उपचारका लागि सहयोग गर्ने सबै सहयोगी दातालाई धन्यवाद दिदै माहिराको उपचार सफल हुने विश्वास व्यक्त गरे ।

वाणगंगा नगरपालिका-९ भर्तपुरकी ६ बर्षिय माहिरा विश्वकर्मा बोनम्यारो क्यान्सरबाट पिडित भइ हाल भारतको मुम्बईस्थित एसआरसिसि चिल्ड्रेन हस्पिटलमा उपचारत् छन् ।

यस क्लवले स्थापनाको छोटो समयमा कपिलवस्तु जिल्लामा उदाहरणीय सामाजिक काम गरेर छुट्टै पहिचान बनाएको छ ।
यस क्लवले सरसफाई अभियान समेत गर्दै आएको छ ।

यसै बर्ष स्थापना भएको क्लबमा हाल ६० सदस्य रहेका छन् भने सदस्य बढ्ने क्रम जारी छ ।

सम्बन्धित् समाचार