लमही ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल बलदेवले समाजवादी क्रान्ति अबको पार्टीको मुख्य कार्यभार भएको बताएका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको पूर्ण बैठकलाई लमहीमा सम्बोधन गर्दै उनले हिजो जनवादी क्रान्तिको नेतृत्व माओवादीले गरेकाले अब समाजवादी क्रान्तिको थालनी गर्ने दायित्व पनि माओवादीकै भएकाले यसमा बहस केन्द्रित गर्नुपर्ने बेला आएको बताए ।
अब समाजवादी क्रान्तिको गफ गरेर मात्र नपुग्ने र आधारभूत तहदेखि नै समाजवाद निर्माणको थालनी कसरी भन्ने बहसमा केन्द्रित हुनुपर्ने बेला आएको उनले स्पष्ट गरे । अन्य दलका लागि समाजवादी क्रान्ति प्राथमिकतामा नरहेकाले यसको नेतृत्व माओवादी केन्द्रले नै गर्नुपर्ने उनले बताए ।
सचिव खनालले समाजवादी क्रान्तिको नेतृत्व गर्न माओवादीलाई बलियो बनाउनुपर्ने र यसमा युवाहरूलाई धेरै भन्दा धेरै गोलबन्द गर्ने गरी पार्टी संगठन निर्माणको बिधि विकास गर्नुपर्ने बताए ।