गृहपृष्ठ Featured शुद्धोधनका अध्यक्ष चौधरीले भने– राजनितिक प्रतिशोध साँधेर मेरा चरित्र हत्या गरियो

शुद्धोधनका अध्यक्ष चौधरीले भने– राजनितिक प्रतिशोध साँधेर मेरा चरित्र हत्या गरियो

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आफ्नो लोकप्रियता देखेर बदनाम बनाउन विभिन्न षडयन्त्र भईरहेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरि अध्यक्ष चौधरीले राजनितिक प्रतिशोध साधेर आफ्नो चरित्र हत्या गर्ने काम भईरहेको बताए ।

मंगलबार विभिन्न अनलाईन समाचार पोर्टलहरुमा किशोरी बलत्कार घटनामा अध्यक्ष चौधरीको संलग्नता रहेको भन्ने समाचार आएका थिए । सोही विषयको खण्डन गर्ने क्रममा उनले समग्र घटनाको पृष्ठभूमि बताउँदै घटना गत असोज ५ र ६ गतेको बताए ।

सो समयमा आफु ति किशोरी आफ्नै पालिकाको आफ्नै गाउँवासी भएको र अभिभावकले छोरी हराएको भनेपछि बुटवलको देवीनगर पुगेर उद्धार गरेको सुनाए । सो समयमा अभिभावकबाट कुनै कुरा नआएको तर अहिले एकाएक राजनितिक व्यक्तिहरुबाट परिचालन भएर पूर्वाग्रही रुपमा आरोप लगाएर आफ्नो चरित्र हत्या गर्ने प्रयास भईरहेको बताए ।

उनले शुद्धोधन गाउँपालिका- १ मा गत मंसिरको ४ गते भएको उपनिर्वाचनमा आफुले नेकपा एमालेलाई समर्थन गर्दा सिके राउतका नेताकार्यकर्ताले विभिन्न समयमा धम्की दिदैं आएको सुनाए ।

सिके राउतका नेतकार्यकर्तासंगै नेकपा एस र नेकपा माओवादी केन्द्रका नेताकार्यकर्ताको समेत आफुलाई यो घटनामा मुछ्ने काममा संलग्नता रहेको उनको दाबी छ ।

उनले घटनाको सत्यतथ्य बाहिर आउनुपर्ने बताउँदै विनाप्रमाण कसैको पनि चरित्र हत्या गर्न नपाईने बताए । विनाप्रमाण आरोप लगाउनेलाई समेत कारबाहीको दायरामा ल्याउनु पर्ने उनको माग छ ।

उनले यस्ता घटनाले आफु आफ्नो काम र कर्तव्यमा विचलित नभई लाग्ने बताएका छन् ।

सम्बन्धित् समाचार