काभ्रेपलाञ्चोक।
रामेछापको मन्थली नगरपालिकाको ठाँटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मन्थली नगरपालिका-३ को ऐरमवास देवी थान पूजाबाट फर्किँदै गरेको बा१६च ६४७६ नम्बरको बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र १३ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप कुमार सिंहले बताए ।








