गृहपृष्ठ Featured युक्रेनको सुमी सहरमा रुसी मिसाइल आक्रमणमा २१ जनाको मृत्यु

युक्रेनको सुमी सहरमा रुसी मिसाइल आक्रमणमा २१ जनाको मृत्यु

युक्रेनको उत्तर–पूर्वी सहर सुमीमा गरिएको रुसी मिसाइल हमलामा परेर कम्तीमा २१ जनाको मृत्यु भएको छ । आइतबार सर्वसाधारण चर्चमा भेला भएको बेला यो आक्रमण भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका हुन् ।

‘रुसी मिसाइल हमलामा परेर धेरैको मृत्यु भएको छ,’ सुमीका कार्यवाहक मेयर आर्टेम कोबजारले मृतकको संख्या पुष्टि गर्दै भने । मिसाइलले पामस्थित सिटी सेन्टरमा लागेको थियो ।

सो क्षेत्रको सेना प्रमुख भ्लोदोमिर आर्टियुखले सिटी सेन्टरमा दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको जानकारी दिए । उनले भने, ‘त्यतिबेला धेरै मानिसहरू सडकमा हिँडिरहेका थिए,’ उनले भने, ‘दुस्मनले धेरै मानिसहरूलाई मार्ने लक्ष्यले नै मिसाइल प्रहार गरेको देखिन्छ ।’

पछिल्ला केही दिनमा रुस सुमी क्षेत्रमा हवाई र मिसाइल आक्रमण तीव्र पारेको छ । रुसले आफ्नो कुर्सक क्षेत्रमा प्रवेश धेरै युक्रेनी सेनाहरुलाई पनि पछि हट्न बाध्य बनाएको छ । यसका साथै युक्रेनको सुमीका केही स्थानमा कब्जा जमाउन पनि सफल भएको छ ।

सम्बन्धित् समाचार