वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु प्रहरीले सामाजिक संजाल ‘टिकटक’ मा पेस्तोल देखाई भिडियो पोष्ट गर्ने एक एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको शुद्धोधन गाउँपालिका- ६ बस्ने २१ बर्षीय रघुबिन्द यादवलाई पक्राउ गरेको हो ।
यादवले यही वैशाख ६ गते आफ्नो टिकटक एकाउन्टमा पेस्तोल देखाई बनाएको भिडियो सामजिक संजाल टिकटकमा पोष्ट गरेकोले इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको जनाईएको छ ।
यादवलाई मायादेवी गाउँपालिका १ पकडी स्थित एक होटलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यादवमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।








