गृहपृष्ठ Featured नेपाल साँस्कृतिक महासंघ कपिलवस्तुको अध्यक्षमा चन्द्रकान्त पोख्रेल निर्वाचित

नेपाल साँस्कृतिक महासंघ कपिलवस्तुको अध्यक्षमा चन्द्रकान्त पोख्रेल निर्वाचित

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल साँस्कृतिक महासंघ कपिलवस्तुको अध्यक्षमा चन्द्रकान्त पोख्रेल निर्वाचित भएका छन् । विहिबार नेपाली कांग्रेसको पार्टी कार्यालय तौलिहवामा भएको भेलाबाट अध्यक्षमा पोख्रेल (सिके) निर्विरोध निर्वाचित भएका हुन् ।

जसको उपाध्यक्षमा उपाध्यक्षहरुमा डा. बेहराज घिमिरे, जयकरण प्रसाद पाशी, सचिवमा कृष्ण प्रसाद पौडेल, सहसचिनमा सन्दिप दुवे, कोषाध्यक्षमा हरि कुँवर निर्वाचित भएका छन् भने कार्यसमिति सदस्यहरुमा राधिका घिमिरे, डिल्लीराज खनाल, राधेश्याम लोध, रुपा थारु, गंगेश प्रसाद ठाकुर, उमेश चौधरी, काशिराम यादव, पशुपती मणी त्रिपाठी, संजय ज्ञवाली, श्रीराम यादव, अजय थारु, दुर्गा गैरे, शोभाखर अधिकारी, नारायणदत्त घिमिरे निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पोख्रेलले नेपाल साँस्कृतिक महासंघलाई जिल्लामा शसक्त र सुदृढ संगठनका रुपमा स्थापित गर्ने बताएका छन् ।

सम्बन्धित् समाचार