गृहपृष्ठ Featured रुपन्देहीको रोहिणीले दियो आइतबारदेखि अनिवार्य विद्यालय खोल्न निर्देशन

रुपन्देहीको रोहिणीले दियो आइतबारदेखि अनिवार्य विद्यालय खोल्न निर्देशन

बुटवल ।

रुपन्देहीको रोहिणी गाउँपालिकाले अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । २०८२ वैशाख १४ गतेदेखि विद्यालयमा अनिवार्य उपस्थित हुन गाउँपालिकाले निर्देशन दिएको हो ।

गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले १४ गतेदेखि शिक्षकहरुलाई अनिवार्य रुपमा उपस्थिति भई नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायत कार्यसहित नियमित रुपमा पठनपाठन अगाडि बढाउन निर्देशित गरिएको बताए ।

यो निर्देशनको अवज्ञा गर्ने शिक्षक, कर्मचारीलाई क्षेत्राधिकारभित्र रही आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने अध्यक्ष यादवले बताए ।

सम्बन्धित् समाचार