अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन्। आइतबार अर्घा मन्दिरबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु ६० प ९७८५ नम्बरको मोटरसाइकल सन्धिखर्क नगरपालिका–१० मा दुर्घटना भएको हो ।
दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएकोमा चिकित्सकले चालक खत्रीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भई करिब २५ मिटर तल खसेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।








