गृहपृष्ठ Featured कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने : यस्तो छ कारण (सुचनासहित)

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने : यस्तो छ कारण (सुचनासहित)

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–४ सिद्धिपुरमा रहेको कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने भएको छ ।

कपिलवस्तु सामुदायिक अस्पताल विकास समितिले बुधबार एक सुचना जारी गर्दै अस्पतालको स्तरोन्नति र आन्तरिक व्यवस्थापन गर्नुपर्ने भएकाले अस्पताल केही दिन बन्द रहने जनाएको हो ।

कपिलवस्तु सामुदायिक अस्पताल विकास समितिका अध्यक्ष शिवचन्द्र आचार्यले बिहीबारदेखि अर्को सुचना नहुँदा सम्मको लागि अस्पतालको सम्पूर्ण सेवा बन्द रहने जानकारी दिए ।

उनले अस्पतालको स्तरोन्नति र आन्तरिक व्यवस्थापनका कामहरु यथाशिग्र गरेर छिट्टै अस्पताल संचालनमा आउने बताए । उनले अस्पताल बन्द हुँदा बिरामी एंवम आमजनतामा पर्न जाने असुविधाप्रति अस्पताल विकास समिती गम्भिर रहेको भन्दा क्षमायाचना समेत गरेका छन् ।
यस्तो छ सुचना ः

सम्बन्धित् समाचार