गृहपृष्ठ Featured राजस्थानमाथि कोलकाताको रोमाञ्चक जित : ‘प्लेअफ’ सम्भावना कायमै

राजस्थानमाथि कोलकाताको रोमाञ्चक जित : ‘प्लेअफ’ सम्भावना कायमै

काठमाडौँ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले ‘प्लेअफ’ को झिनो सम्भावना कायम राख्ने क्रममा राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको छ।

आइतबार कोलकाताको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले दिएको २ सय ७ रनको उच्च लक्ष्य पछ्याएको राजस्थान २ सय ५ रनमा समेटिँदा कोलकाताले एक रनको रोमाञ्चक जित निकाल्यो।

इडेन गार्डेनमा कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो। उसका लागि आन्द्रे रसेलले २५ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ५७ रनको अविजित अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, अंगकृष रघुवंशीले ४४ रन बनाउँदा कप्तान अजिंक्य रहाणेले ३० तथा रमनुल्लाह गुर्वाजले ३५ रन बनाएका थिए। त्यस्तै, रिंकु सिंह १९ रनमा अविजित रहे।

२ सय ७ रनको लक्ष्य पछ्याएको राजस्थानले खराब सुरुवात गरे पनि सिम्रन हेटमेयर र रियान परागले छैटौं विकेटका लागि आइपिएलकै उच्च साझेदारी अर्थात ९२ रनको साझेदारी गर्दै राजस्थानलाई खेलमा कायम राखेका थिए। यसअघि छैटौं विकेटका लागि स्टिभ स्मिथ र फल्कनरले ८५ रनको साझेदारी सर्वाधिक उच्च साझेदारीका रुपमा रहेको थियो।

राजस्थानका लागि कप्तान परागले ९५ रन बनाउँदा यशस्वी जैसवालले ३४ रन बनाउँदा सिम्रन हेटमेयरले २९ रन बनाए। त्यस्तै, शुभम् दुवेले २५ रन तथा जोफ्रा आर्चरले १२ रन बनाएका थिए। राजस्थान भने प्लेअफ दौडबाट बाहिरिसकेको छ।

सम्बन्धित् समाचार