पूर्वमन्त्री दानबहादुर चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन्।
आइतबार जनमत कपिलवस्तुले मायादेवी गाउँपालिकाको पकडी चौकस्थित युके होटलमा आयोजना गरेको अगुवा नेताकार्यकर्ता भेटघाट कार्यक्रममा उनी जनमत पार्टीमा प्रवेश गरेका हुन्।
उनलाई जनमतका अध्यक्ष डा. सीके राउतले खादा माला लगाएर स्वागत गरेका थिए।








