सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगाबासीलाई गुणस्तरिय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउने गरि नगरले काम गरिरहेको बताएका छन् । सोमबार बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अर्यालले यस्तो बताएका हुन् ।

उनले स्वास्थ्य क्षेत्रलाई नगरले प्राथमिकतामा राख्दै आएको र सोही अनुरुप बजेट विनियोजन गरेर काम भएको बताए । नगरबाट बजेट विनियोजन गरि स्वास्थ्यसंग सम्बन्धित विभिन्न अभियानहरु नगरले संचालन गर्दै आएको उनले बताए ।
उनले आगामी आर्थिक बर्षभित्र बाणगंगालाई पोषणमैत्री र पूर्णसरसफाईयुक्त नगर घोषणा गर्ने तयारी रहेको बताए । सोही अनुसार योजनाबद्ध रुपमा नगर अघि बढेको उनको भनाई छ ।
उनले बाणगंगामा एक चरणको आधारभूत भौतिक पूर्वाधारहरु निर्माण भईसकेको भन्दै अब नगरको ध्यान सामाजिक क्षेत्रको विकासमा केन्द्रित रहने जिकिर गरे ।








