गृहपृष्ठ Featured दाङमा ९ महिनामा सवारी दुर्घटना : ६७ जनाको मृत्यु

दाङमा ९ महिनामा सवारी दुर्घटना : ६७ जनाको मृत्यु

घोराही  ।

दाङमा सवारी दुर्घटना वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म भएका दुई सय ५७ सवारी दुर्घटनामा ६७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५१ जना पुरुष, ११ जना महिला र पाँच जना बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ प्रमुख एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ को चैतसम्म जिल्लामा एक सय ५८ वटा सवारी दुर्घटनामा ७६ जनाको मृत्यु भएको थियो ।

उहाँका अनुसार गतबर्षको तुलनामा यो वर्षको चैतसम्म ९९ वटा सवारी दुर्घटनाका सङ्ख्या वृद्धि भएका छन् । कमजोर सडक, चालकको लापरवाहीसँगै दुर्घटना भएपछि प्रहरीलाई जानकारी गराउने क्रम बढ्दा जिल्लामा पछिल्लो समय सवारी दुर्घटनाको संख्यामा वृद्धि भएको प्रहरी निरीक्षक शाही बताउनुुहुन्छ ।

सम्बन्धित् समाचार