रुपन्देही ।
आन्तरिक राजश्व कार्यालय बुटवलले बुटवलका एक व्यवसायीले कर छलेको विषयमा तीन करोडभन्दा बढीको राजश्व चुहावट र कपिलवस्तुका चार जनाविरुद्ध विदेशी विनिमय अपचलनविरुद्धको मुद्दा चलाएको छ ।
बुटवल उपमहानगरपालिका ६ राधाकृष्णपथस्थित भाञ्जा स्टोर्स एण्ड हाउसका संचालक मियाँविरुद्ध एक करोड पचपन्न लाख छैसठ्ठी हजार दुईसय एकासी रुपैयाँ बिगो र यसको शत प्रतिशत जरिवाना रकम एक करोड पचपन्न लाख छैसठ्ठी हजार दुईसय एकासी रुपैयाँ गरी तीन करोड एघार लाख बत्तिस हजार पाँचसय बयसठ्ठी रुपैयाँ असुल उपर गर्न तथा कानुन बमोजिम कैद सजायको मागदाबी लिई उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बिहीबार नै मुद्दा दर्ता भएको उनले जनाएका छन् ।
उनीहरुबाट बरामद भएको भारतीय मुद्रा ५०० दरका भारतीय नोट ४२३६ थानको २१ लाख १८ हजार र २०० दरका १०० थानको २०००० गरी एक्काइस लाख अठ्त्तिस हजार भारतीय मुद्रा अबैध रुपमा भारतबाट नेपालसम्म ओसारपसार गर्ने गरेकोले नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दरले चौत्तीस लाख चौबिस हजार सात बिगो कायम गरी प्रतिवादीहरुविरुद्ध मुद्दा दर्ता गरिएको घिमिरेले जनाएका छन् ।
त्यसैगरी विदेशी मुद्रासहित नियन्त्रणमा लिइएको युपि५५एम०४५९ नम्बरको भारतीय गाडी विदेशी विनिमय अपचलनको कसूरमा प्रयोग भएको हुँदा उक्त सवारी साधनलाई कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम समेत जफतको मागदाबी लिई प्रतिवादीहरुसहित बिहीबार कपिलवस्तु जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको हो ।









