गृहपृष्ठ Featured कपिलवस्तुको शुद्धोधन-१ का वडाध्यक्षमाथि सामुहिक आक्रमण

कपिलवस्तुको शुद्धोधन-१ का वडाध्यक्षमाथि सामुहिक आक्रमण

पान खाएर गाडीमा थुकेको बिषयमा विवादपछि स्थानीय युवाहरूको आक्रमणबाट कपिलवस्तुको शुद्धोधन गाउँपालिका- १ का अध्यक्ष ताहिर माहोम्मद र उनका दाइ घाइते भएका छन् ।

बिहीबार राति १० बजेतिर भएको घटनामा ६/७ जना युवाहरुले शुद्धोधन गाउँपालिका- १ पतरियाका वडा अध्यक्ष ताहिर मुसलमान र उनका दाजु तैयाब मुसलमानलाइलाइ कुटपिट गरेको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए ।

कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नम्बर ४ पिपरामा भएको जलसामा सरिक हुन जाने क्रममा गाडीमा पान खाएर थुेकेको बिषयमा स्थानीय युवाहरू र वडाध्यक्ष ताहिरबिच  विवाद भएको थियो। त्यसपछि युवाहरुले उनलाई आक्रमण गरेका थिए ।

मायादेबी गाउँपालिका वडा नम्बर २ कमर शेख लगायतले वडाध्यक्षलाई आक्रमण गरेका थिए । आक्रमणबाट वडाध्यक्षको नाक र उनका दाइको निधारमा चोट लागेको छ । घाइते वडाध्यक्षलाई कपिलवस्तु अस्पतालमा उपचारका लागि पठाइएको क्षेत्रीले बताए ।

आक्रमणमा संलग्न युवाहरूको खाजी कार्य भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

सम्बन्धित् समाचार