गृहपृष्ठ Featured नारायणघाट–बुटवल सडकखण्ड : नियमन नहुँदा ‘ओभर लोड’ले निरन्तर पुलमा क्षति

नारायणघाट–बुटवल सडकखण्ड : नियमन नहुँदा ‘ओभर लोड’ले निरन्तर पुलमा क्षति

नवलपुर ।

नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–६ चोरमारस्थित गिरुबारी खोलाको पुल भाँचिएपछि यात्रुले निक्कै सास्ती भाेग्न पर्‍याे । म.प्र.०३–००१ क ३१६३ नं.को (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट

वीरगन्जतर्फ जादै गरेको टेलर पुलमा हिँड्दै गर्दा पुल भाँचिएपछि मङ्गलबार राती साढे ८ बजेदेखि बन्द रहेको सडक डाइभर्सन गरी झण्डै १८ घण्टापछि खुलाइयो ।

यसअघि २०७९ साल असारमा पनि ओभर लोडकै कारण यो पुलको बिच भाग चर्किएको थियो । त्यसबेला तत्कालीन रूपमा मर्मत गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएको सोही पुल पुनः सवारी साधनको अत्यधिक भारका कारण भाँचिएको जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

चार महिनाअघि पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित विनयी खोलाको पुल भाँचिदा ३४ घण्टासम्म पूर्व–पश्चिम राजमार्ग ठप्प भएको थियो । हजारौँ यात्रु अलपत्र पर्नुका साथै खाद्यान्न, औषधी, निर्माण सामग्री ढुवानीसमेत प्रभावित भयो । हाल सो ठाउँमा डाइभर्सन मार्फत सवारीसाधन आवतजावत गराइए पनि बाढीले दुई पटकसम्म डाइभर्सन बगाउँदा यात्रुले समस्या भोग्दै आएका छन् ।

यसअघि गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुलीको बौलाहा खोला पुल, मध्यबिन्दुको अरुणखोला पुल भाँचिएका थिए । ५० वर्ष पुराना अधिकांश फलामे पुल जीर्ण अवस्थामा रहेका छन् । यी पुलहरू विगत १० वर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ । नारायणघाट–बुटवल सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरू सञ्चालन गर्ने गरिएको छ ।

यसरी पटक–पटक फलामे पुलहरू भाँचिदा मुख्य राजमार्ग बारम्बार बन्द हुन थालेको छ । अब धेरैको चिन्ता र चासो नारायणीको पुलमाथि देखिएन थालेको छ । २०३८ सालमा बनेको पूर्व–पश्चिम राजमार्गको लाइफ लाइन मानिएको नारायणीको पुल जिर्ण बन्दै गएको छ ।

सम्बन्धित् समाचार