गृहपृष्ठ Featured आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

दाङ ।

लुम्बिनी प्रदेश सभाको नवौं बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

यस बैठकलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नीति तथा प्राथमिकता तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलले आगामी विकास योजनाहरू र बजेट वितरणको मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित् समाचार