कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि रहेको बताउनुभएको छ ।
गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना दिदैं नगरप्रमुअ अर्यालले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र अथक प्रयासको देन गणतन्त्र भएको बताउनुभयो ।
“यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु“ उहाँले भन्नुभयो ।
आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुति दिने ज्ञात अज्ञात सहिदहरूप्रति उहाँले श्रद्धाञ्जली समेत अर्पण गर्नुभएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट देशमा सुशासन र समृद्धि भित्र्याउन सकिने हुँदा यसलाई संस्थागत गरी समृद्ध देश निर्माणको दिशामा सबै लाग्नुपर्ने उहाँको भनाई छ । उहाँले संविधान कार्यान्वयनको अभ्यासमा कहीँ कतै कमजोरी भए पनि त्यसको विकल्प व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तन हुनुपर्ने बताउनुभयो ।
“हाम्रो एक पुस्ता व्यवस्था परिवर्तनमा ऊर्जाशील समय खर्चिन बाध्य भयो, तर आजको युवा पुस्तालाई आन्दोलन होइन, विकास र समृद्धिको पथमा प्रोत्साहित गर्नु पर्दछ” उहाँले भन्नुभयो ।








