गृहपृष्ठ Featured स्विट्जरल्यान्डमा हिमनदी फुट्दा ब्लाटन गाउँको ९० प्रतिशत भाग पुरियाे

स्विट्जरल्यान्डमा हिमनदी फुट्दा ब्लाटन गाउँको ९० प्रतिशत भाग पुरियाे

स्विट्जरल्यान्डमा हिमनदी फुटेर आएको बाढीका कारण तटीय क्षेत्रमा पर्ने ब्लाटन गाउँको झन्डै ९० प्रतिशत भाग पुरिएको छ । स्वीस पर्वतीय हिमनदी पग्लिएर आएको ढुङ्गा, माटो तथा ग्रेग्रानयुक्त पहिरोले उपत्यकाका रूपमा रहेको गाउँमा घरलगायतका संरचनाहरू पुरेको बीबीसीले जनाएको छ ।

स्वीस सरकारले १५ लाख क्युबिक मिटर बराबरको हिमनदीको ठूलो भाग पग्लिने तथा फुट्ने जोखिम रहेको भन्दै एक हप्ताअघि नै ब्लाटनका झन्डै तीन सय जना बासिन्दालाई सुरक्षित ठाउँमा पठाएको थियो । तर एक जना हराइरहेका स्थानीय प्रशासनले जनाएको छ ।

घटनापछि पत्रकार सम्मेलनमा बोल्दै स्विट्जरल्यान्डका वातावरणमन्त्री अल्बर्ट रोस्तीले घरबासमा क्षति पुगेका नागरिकलाई पुनर्स्थापना गर्ने पनि प्रतिबद्धता गर्नुभयो ।

दुई वर्षअघि प्रकाशित स्वीस ग्लेसियर मोनिटरिङ नेटवर्क (ग्लामोस) को वार्षिक प्रतिवेदन अनुसार पछिल्लो दुई वर्षमा मात्रै स्विट्जरल्यान्डका हिमनदीको १० प्रतिशत पग्लिएर गएको देखिएको छ ।

स्विट्जरल्यान्डका १४ सय हिमनदीबारे वर्षाैंदेखि अध्ययन गरेको अनुसन्धान टोलीले यस्तो निष्कर्ष निकालेको बीबीसीको खबरमा उल्लेख छ ।

सम्बन्धित् समाचार