गृहपृष्ठ Featured कपिलवस्तु बालगृहका बालबालिकालाई दुग्धजन्य पोषणयुक्त परिकार

कपिलवस्तु बालगृहका बालबालिकालाई दुग्धजन्य पोषणयुक्त परिकार

विश्व दुग्ध दिवसमा कपिलवस्तुको तौलिहवा स्थित बालगृहका बालबालिकालाई पोषणयुक्त दुग्धजन्य पदार्थ उपलब्ध गराइएको छ ।

‘दुग्धको खपत बढाऔँ, अर्थतन्त्रलाई सबल बनाऔँ’ भन्ने नारासहित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले  बालगृहका ३० बढी बेसहारा बालकहरूलाई दूध, दही र पनिर उपलब्ध गराएको हो ।

भेटनरी अस्पतालका प्रमुख डा प्रबेज आलमले नेपाल बाल संगठनका कोषाध्यक्ष मोहोम्द बसिर मुसलमानलाई सो दुग्धजन्य परिवार हस्तान्तरण गरेका थिए । डा.आलमले दूध र दुग्धजन्य पदार्थ पोषणयुक्त खानेकुरा रहेको भन्दै यसको नियमित सेवन गर्नु पर्ने बताए । उनले कपिलवस्तु दूध उत्पादनमा कपिलवस्तु आत्मनिर्भर रहेको बताए ।

वार्षिक ६० हजार बढी मेट्रिक टन दूध उत्पादन हुने र यहाँको दूध गण्डकी, बागमती र कर्णाली प्रदेश सम्म निकासी हुने उनले बताए । जिल्लाबाट दैनिक ७ हजार लिटर बढी दूध जिल्ला बाहिर निकासी हुने गरेको छ। ‘जिल्लाको माग धान्नुको साथै, गण्डकी, बागमती र कर्णाली प्रदेशमा समेत निर्यात भइरहेको छ,’ डाक्टर आलमले भने ।

संगठनका कोषाध्यक्ष मोहम्मद वासिर मुसलमानले बालबालिकाहरूको हर्षित अनुहार देख्दा सन्तोष महसुस भएको बताउँदै, समाजका असहाय वर्गप्रति यस्तो सहयोग कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने बताए । यस्ता कार्यक्रमले पोषण र आत्मनिर्भर उत्पादन प्रवर्द्धनको सन्देश दिनुका साथै समाजमा सहकार्य र सहयोगको भावना बढाउने उनले बताए ।

सम्बन्धित् समाचार