अष्ट्रियामा एक विद्यालयमा गोली चल्दा कम्तिमा ९ जना जनाको मृत्यु भएको छ।
अष्ट्रियाको ग्राज सहरको एक विद्यालयमा गोली चलेको हो।
गोली चल्दा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बन्दुकधारीले आत्महत्या गरेको अनुमान गरिएको छ।
घटनास्थलमा हेलिकप्टरसहित प्रहरी परिचालन गरिएको तथा विद्यालय खाली गरी थप खतरा हुनबाट रोक्ने प्रयास गरिरहेको छ।








