गृहपृष्ठ Featured दाङमा स्याउका बिरुवा उत्पादनसँगै व्यवसायिक खेती गरिँदै

दाङमा स्याउका बिरुवा उत्पादनसँगै व्यवसायिक खेती गरिँदै

घोराही ।

भारतको हिमाचल प्रदेशको सिम्लामा १५ वर्ष स्याउ बगैँचामा काम गर्नुभएका रोल्पा निवासी मनु बुढामगर दाङको घोराहीमा स्याउका बिरुवा उत्पादनसँगै स्याउको व्यवसायिक खेतीमा लाग्नुभएको छ । घोराही उपमहानगरपालिका–११ मज्गैँमा नरदेवी माध्यामिक विद्यालयको तीन बिघा जग्गा वार्षिक एक लाख रुपियाँ भाडामा लिएर डेढ वर्षअघि परीक्षणका रूपमा २० वटा बिरुवा रोप्नुभएको थियो ।

दाङको हावापानी र पहाड तथा हिमाली क्षेत्रमा उत्पादन लिन सकिने ३४ गरी ४० प्रजातिका ४० हजार बिरुवा उत्पादन गर्नुभएको छ ।

सगरमाथा नर्सरी फर्म कम्पनी स्थापना गरेर स्याउका बिरुवा उत्पादनसँगै खेतीमा जोडिनुभएका बुढाले ४० प्रजातिका स्याउमध्ये तराई क्षेत्रमा खेती गर्न सकिने अन्ना प्रजातिको स्याउ दाङमा फल्न थालेको बताउनुभयो । उहाँका अनुसार ४५ लाख बढी लगानी गरेर बिरुवा उत्पादन गरिरहेको छ ।

परीक्षणका रूपमा १४ महिनाअघि रोपेका स्याउका बिरुवाले फल दिन थालेको भन्दै बुढाले भन्नुभयो, ‘भारतको सिम्लाबाट बिरुवा लिएर दाङमा परिक्षण गरेका थियौँ । परीक्षणमा सफल भएका छौँ, अब व्यवसायिक रूपमा अघि बढ्छौँ ।’ उहाँका अनुसार भारतको राजस्थान लगायत गर्मी हुने ठाउँमा खेती भइरहेको अन्ना, हर्मन ९९ र डोर्सड गोल्डेन जातका स्याउका बिरुवा रोपिएको छ ।

सम्बन्धित् समाचार