वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिकामा मगंलबार भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
बाणगंगा नगरपालिकाको वडा नः ७ कोइली बनगाइमा मगंलबार बिहान काठमाण्डौबाट दाङ जादै गरेको लु प्र ०२–००१ ख ००४४ नम्बरको बसले साइकलमा सवार बाणगंगा ६ अमौली बस्ने बर्ष ४३ का कृष्ण बहादुर सुनारलाई ठक्कर दिदा उनको मृत्यु भएको हो ।
ठक्करपछि गम्भीर घाइते भएका उनलाई बुटवल रिफर गरिएको थियो भने लुम्बिनी सिटि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








