गृहपृष्ठ Featured बुटवल-नारायणगढ सडक अवरुद्ध

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी ।

लगातारको बर्षाका कारण नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत विनयी खोलामा पानीको सतह अत्यधिक बढेपछि सवारी आवागमन प्रभावित भएको छ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) द्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा सडक भासिएको, ढलान चिप्लो भएको र खस्ने जोखिम रहेको जनाइएको छ।

बर्षाको कारण सडक भिजेकाले गाडीहरु फसेको र चिप्लो सडकका कारण सवारी आवागमन असहज भएको जनाउँदै प्रहरीले सर्वसाधारण यात्रुहरुलाई तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

यी हुन् वैकल्पिक मार्गहरू:
– पूर्वबाट पश्चिम जाने सवारी: नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै गन्तव्य।
– काठमाडौंबाट पश्चिम जाने सवारी: मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै गन्तव्य।
– पश्चिमबाट पूर्व जाने सवारी: बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन हुँदै गन्तव्य।
– साना सवारी साधन: बुटवल–कालीगण्डकी कोरिडोर–गैडाकोट–पिपलटार हुँदै यात्रा गर्न सकिने।

प्रहरीले वर्षा जारी रहेकाले अझै बढी जोखिम बढ्न सक्ने भन्दै सवारी तथा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित् समाचार