गृहपृष्ठ Featured सिंगापुरविरुद्ध नेपालको सानदार जित

सिंगापुरविरुद्ध नेपालको सानदार जित

काठमाडौँ ।

एसीसी पुरुष यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध नेपालले ६ विकेटको सानदार जित हात पारेको छ । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि प्रसिद्ध जैसीले नटआउट सर्वाधिक ५५ रन बनाए । त्यस्तै रौनक श्रीवास्तवले सर्वाधिक ४० रन बनाए । सुभम खनाल अविजित रहँदै ९ रन बनाए । नेपालका ओपनर सुर्यांशु कोइराला भने ९ रन बनाएको अवस्थामा रिटायर्ड हर्ट भएका थिए । सिंगापुरका लागि आकाश तेजाले ३ विकेट लिए । त्यस्तै युवान पाण्डेले १ विकेट लिए ।

यसअघि मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल बनायो । सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए ।

त्यसैगरी, ओपनर आहान भुधानभामले ३८ रन जोडे भने अर्का ओपनर रोशन अरुनले ११ बनाउँदै आउट भए । सिंगापुरलाई सस्तैमा समेटने क्रममा नेपालका कप्तान विपिन शर्माले चार विकेट लिए । त्यसैगरी सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए ।

एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका छन् ।

सम्बन्धित् समाचार