गृहपृष्ठ Featured बुटवलमा अझै सञ्चालन हुन सकेनन् दाताले बनाइदिएका २ अस्पताल

बुटवलमा अझै सञ्चालन हुन सकेनन् दाताले बनाइदिएका २ अस्पताल

रुपन्देही ।

बुटवल उपमहानगरपालिकामा दाताले लगानी गरेर बनाइदिएका दुई अस्पताल सञ्चालन हुनेका छैनन् । एडीबीको लगानीमा बनेका यी दुई अस्पताल उपमहानगरले समयमै सञ्चालनको कार्यविधि बनाउन नसक्दा अलपत्रजस्तै बनेका हुन् ।

यी दुई स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएर दाताले उपमहानगरलाई हस्तान्तरण गरे पनि स्थानीयले यसबारे कुनै जानकारी नपाएको गुनासो गरेका छन् ।

निर्माणको काम सकेर अहिले यी स्वास्थ्य केन्द्रहरूका भवनको प्रयोग नभएको गुनासो स्थानीयले गरेका हुन् । अक्सिजन सुविधासहितका दुई वटा स्वास्थ्य केन्द्र सञ्चालनपछि स्थानीयले आफ्नै घरछेउमा डक्टरसहितको सेवा पाउने अपेक्षा गरे पनि त्यो पाउन नसकेका हुन् ।

उपमहानगरपालिकाको वडा नम्बर १३ र १७ मा १६–१६ शय्याका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र सञ्चालनार्थ भवन निर्माण भएका हुन् तर निर्माण भएका भवन यसरी ताला लागेको अवस्थामा रहेका छन् । बुटवल १७ को भवनमा रहेका पङ्खाहरू चोरी भएका छन् भने बाउन्ड्रीमा लगाएका फलामका रड भाँचिएका छन् ।

बुटवल १७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मीले एडीबीले बनाएर हस्तान्तरण गरेको सुने पनि आफूलाई जानकारी नभएको र अराजक समूहले भवनमा रहेका पङ्खा चोरेर लगेको र बाहिरका रडहरू भाँचिदिएको जनाए ।

सम्बन्धित् समाचार