काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबिच “पूर्ण र सम्पूर्ण” युद्ध विराममा सहमति भएको घोषणा गरेका छन्।
युद्ध विरामको घोषणा भए पनि हालसम्म इजरायल र इरान दुवैले यसको आधिकारिक पुष्टि गरेका छैनन्।
यसअघि साेमबार इरानले कतारस्थित अेमरिकी सैन्य बेसमा आक्रमण गरेको थियाे। आक्रमणबाट कुनै पनि मानवीय क्षति नभएको अमेरिकाले बताएको छ ।








