गृहपृष्ठ Featured शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

रौतहट ।

शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवा टोलमा दुई बालबालिकाको मृत्यु भएको छ  ।

सेफ्टी ट्याङ्कीमा डुबेर मङ्गलबार राति घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिनुभयो ।

गमिरा साहको छोरा एक वर्षीय रन्जे साह र जगदिश साहको एक वर्षीया छोरी खुश्बु साह खेल्ने क्रममा  शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर गम्भीर घाइते भएको अवस्थामा उपचारका लागि  प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मङ्गलबार राति दुवै बालबालिकाको खोजी गर्दा हृदय नारायण पासवानको घरको शौचालयको सेफ्टी ट्याङ्कीमा प्लाइले ढाकेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

सम्बन्धित् समाचार