गृहपृष्ठ Featured टी–२० वरीयतामा सन्दीप र ललितको छलाङ

टी–२० वरीयतामा सन्दीप र ललितको छलाङ

काठमाडौं ।

आइसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा बलिङतर्फ नेपाली क्रिकेटर सन्दीप लामिछानेले छलाङ मारेका छन्। उले सार्वजानिक भएको नयाँ वरीयताअनुसार एकैपटक ४१ स्थान सुधार गरेका छन्। यसअघि शीर्ष सयबाट बाहिरिसकके सन्दीपले स्कटल्याण्ड सिरिजपछि ४१ स्थान सुधार गर्दै ७५ स्थानमा आफूलाई ल्याइपुर्याएका छन्।

सन्दीपले स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए। बलिङतर्फ नै ललित राजवंशी पनि २९ स्थान सुधार गर्दै ५४ औं स्थानमा उक्लिएका छन्। दीपेन्द्रसिंह ऐरी ८०औं स्थानमा रहन सफल भए।

ब्याटिङतर्फ १० स्थान सुधार गर्दै कुशल भुर्तेल ८३औं स्थानमा रहँदा कप्तान रोहित पौडेल ६६, दीपेन्द्रसिंह ऐरी ६१ र आसिफ शेख ७७ स्थानमा छन्। अलराउण्डर वरियतामा दीपेन्द्र तेस्रो स्थानमा कायमै रहँदा कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२, गुल्सन झा ६०, रोहित ६६, कुशल मल्ल ६७ र करण केसी ८१औं स्थानमा छन्।

देश तर्फको टी-२० वरियतामा नेपाल १८औं स्थानमा यथावत् छ।

सम्बन्धित् समाचार