गृहपृष्ठ Featured बाणगंगामा १६ जना विधार्थीहरुले ल्याए ४ जिपिए

बाणगंगामा १६ जना विधार्थीहरुले ल्याए ४ जिपिए

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट १६ जना विद्यार्थी ४ जिपिए अङ्क सहित एसइई उत्तीर्ण भएका छन् । जनत मावि पिपराका ९ जना, ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल राजपुरका ४ जना र बाणगंगा मावि लौगाईका ३ जना विधार्थीहरुले ४ जिपिए ल्याएका हुन् ।

जनता मावि पिपराका अनुसार प्रविणा बस्याल, बिविका भुसाल, पृशिला थारु, प्रकृति बस्याल, अनुष्का खत्री, बिश्वास पौडेल, बिवेक खनाल, दिक्षा पौडेल र प्रज्ज्वल अधिकारीले ४ जिपिए अङ्क सहित एसइई उत्तीर्ण गरेका हुन् । यस्तै ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल राजपुरले दिएको जानकारी अनुसार दिव्या गैरे, ग्रीष्मा गाहा, सम्झना न्यौपाने र सारा ज्ञवालीले ४ जिपिए ल्याएका हुन् । बाणगंगा मावि लौगाईबाट अन्जिता शर्मा, सुशान्त कडेल र अनिश पौडेलले ४ जिपिए ल्याएका हुन् ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले गत बर्ष एक जना विधार्थीले पनि ४ जिपिए नल्याएको स्मरण गर्दै यस बर्ष नगरको लगानी र निरन्तरको चासोको परिणाम स्वरुप १६ जना विधार्थीहरुले ४ जिपिए अङ्क सहित एसइई उत्तीर्ण गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

यस नतिजाले बाणगंगाका विद्यालयहरु हरेक तवरले अब्बल रहेको पुष्टि भएको बताउँदै उहाँले जिल्लासंगै प्रदेशमै सकारात्मक सन्देश प्रवाउ हुने बताउनुभयो । उहाँले बाणगंगा नगरपालिकालाई प्रदेशकै शैक्षिक हवका रुपमा विकास गर्न सकिने दिशातर्फ अघि बढ्न यस्ता नतिजाले मद्दत गर्ने बताउनुभयो ।

बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीका अनुसार २०८१ सालको एसइई परीक्षामा बाणगंगाबाट १ हजार ७ सय २२ जना विद्यार्थी सहभागी भएकोमा ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै ३ दशमलव ६ देखी भन्दा माथि ल्याउने विद्यार्थीको सङ्ख्या ४५७ रहेको छ ।

सम्बन्धित् समाचार