गृहपृष्ठ Featured लुम्बिनी सभाको बैठक : बजेट पुनःलेखनको माग गर्दै प्रतिपक्षीको विरोध

लुम्बिनी सभाको बैठक : बजेट पुनःलेखनको माग गर्दै प्रतिपक्षीको विरोध

रूपन्देही ।

बजेट आएको १६ दिनपछि सुरू लुम्बिनी सभाको बैठक प्रतिपक्षी दलको विरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ ।

बैठक सुरुलगत्तै प्रतिपक्षी सांसदले उठेर विमति जनाएका थिए । बजेट सच्याइनु पर्ने माग राख्दै माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले बैठक स्थगित गर्न माग गरे ।
सभामुख तुलाराम घर्तीमगरले राजनीतिक समझदारीका लागि भन्दै आधा घण्टाका लागि बैठक स्थगित भएको घोषणा गरे ।

आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्ने कार्यसूची थियो ।

सम्बन्धित् समाचार