गृहपृष्ठ Featured भारत-इंग्ल्यान्ड दोस्रो टेस्ट: पहिलो दिन भारतले बनायो ३१० रन

भारत-इंग्ल्यान्ड दोस्रो टेस्ट: पहिलो दिन भारतले बनायो ३१० रन

भारत र इंग्ल्यान्डबिच जारी ५ खेलको टेस्ट सिरिजको दोस्रो खेल बर्मिङ्घममा सुरु भएको छ।

दोस्रो टेस्टको पहिलो इनिङमा टस हारेर पहिले ब्याटिङ सुर गरेको भारतले पहलो दिनको खेल सकिँदा ५ विकेट गुमाएर ३ सय १० रन बनाएर अविजित रहेको छ।

भारतका लागि कप्तान शुभमन गिलले १ सय १४ रनको शतकीय इनिङ खेल्दै अविजि रहँदा उनलाई रविन्द्र जडेजाले ४१ रनमा अविजित साथ दिएका छन्। यी दुईबिच छैटौं विकेटका लागि ९९ रनको अविजित साझेदारी भइसकेको छ।

भारतका लागि यशस्वि जैसवालले ८७ रनको इनिङ ख्ल्दा करुन नायरले ३१ रन बनाए।

त्यस्तै, ऋषभ पन्त २५ रनमा आउट भएका थिए। इंग्ल्यान्डका लागि क्रिस वक्सले २ विकेट लिँदा ब्राडन केयर्स, बेन स्टक्स र सोयब बसिरले १-१ विकेट लिएका थिए।

यसअघि पहिलो टेस्टमा इंग्ल्यान्डले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता बनाएको छ।

सम्बन्धित् समाचार