कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ७ का वडा अध्यक्ष बिष्णु गिरिले बुवा काग्रेस हुदा आफुलाई नागरिकताको सिफारिस नदिएको सुस्मीता बरालले बताएकी छिन ।
सम्पुर्ण कागजी प्रत्रिया पुरा हुदा पनि बुवा काग्रेस भएकाका कारण आफुलाई वडा अध्यक्षले नियतबश नागरिकता नदिएको उनको भनाई छ । आफुलाई काग्रेस नेकपाको राजनिति बारे थाहा नभएको बताउदै बुवा—आमा काग्रेस हुदा नागरिकता नपाउदा दुख लागेको उनले बताइन ।
बशंजका आधारमा नागरिकता पाउनका लागी आवश्यक बुवा आमाको नागरिकता, जन्मदर्ता र शैक्षिक यौग्यताको प्रमाण पत्र सहित सम्पुर्ण प्रमाण रहेता पनि नागरिकता नपाएकोले उच्च शिक्षा अध्ययनका लागी आफुलाई गा्रह्रो भएको उनले बताइन ।
यस बिषयमा उनका बुवा सुर्य प्रसाद बरालले जग्गा किनबेचको क्रममा भएको पुराना कुरालाई इख बनाएर छोरीलाई नागरिकता नदिएको बताएका छन ।
यस बिषयमा वडा अध्यक्ष बिष्णु गिरिले असोज २३ गते जादा नागरिकता सिफारिस शुल्क, वडाको रजिष्टरमा फोटो टास गरि ल्याप्चे समेत लगाएकोमा सम्ुपर्ण प्रमाण हेरी दर्ता नः ५१ मा चडाई, रुजु समेत गरेकोमा अन्त्यमा सिफारिस कागज गर्ने बेला आलटाल गरी १० दिन सम्म नागरिकता सिफारिस नगरेकाले आफनो भविष्यलाई अन्धकारमा पार्न खोजेको पिडित सुस्मीता बरालले बताइन ।
सुरुमा श्रीमतीको नागरिकतामा श्रीमानको नाम नभएकोले बनाउन नमिल्ने भनेपछि बिवाह दर्ता पेश गरेको पिडितका बुवा बरालले बताए । बिवाह दर्ता पेश गरेपछि बसाई सराईको कागज माग गर्दा पेश गरेपछि जन्म दर्ता र शैक्षिक योग्यताको मिति एउटै भएतापनि बसाई सराईको मितिमा फरक पाइएकाले सोही बहानामा सुरुकै दिनबाट आलटाल गरेको बरालले बताए ।
नागरिकता नदिने नियत भएकाले फेरी अन्तमा टोल समितिबाट मुचुल्का मागेको उनले बताए ।
यस बिषयमा वडा अध्यक्ष गिरिसगं बुझ्दा वडा सचिवले प्रकृया अगाडी बढाए आफूले नरोक्ने बताए भने वडा सचिव कृष्ण खनालले भने प्रमाण सबैको आएको र वडा अध्यक्षले टोल बिकास समितिको सिफारिस र मुचुल्का आए मात्र काम गर्न भनेकाले आफुले प्रक्रिया अगाडी बढाउन नसकेको बताए ।
यस बिषयमा ईलाका प्रशासन बाणगंगाका प्रमुख सागर अधिकारीले वडा सिफारिस आए नागरिकता बन्ने बताउदै नागरिकता बन्न आवश्यक प्रमाण पुगेको समेत बताए ।
बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु र बरिष्ठ समाजसेवि दोलकराम घिमिरे सहितको टोली प्रशासन पुगी के कति कारणले नागरिकता दिन मिल्दैन भनि बुझदा सवै प्रमाण पुगेको वडाको सिफारिस आए आफुले नागरिकता बनाइ दिने प्रशासन प्रमुख अधिकारीले बताए । साथै उनले पिडित पक्षबाट निवेदन आएको दर्ता नः ४६ मा चडाइ जिल्ला प्रशासनसगं सहकार्य गरी आएको निर्देशन अनुसार पक्रिया अगाडी बढाउने अधिकारीले बताए । वडा अध्यक्ष गिरिले यहाँबाट बसाई सराई लान आफुलाई भनेको र हाल ब्यापार ब्यवसायका लागी रुपन्देहीमा बस्दै आएकोमा आफु दिर्घकालिन रुपमा यही बस्ने योजना रहेकाले बसाई सराई लैजान तयार नरहेको पिडितका बुवा बरालले बताए ।
छोरीलाई नर्सिङ लाइसेन्सका लागी कात्तिक ९ गते सम्म अनिवार्य नागरिकता आवश्यक रहेको छ । नागरिकता पाउनका लागी टोल समितिको सिफारिस ब्यवहारिक रुपमा मात्र आवश्यक रहेको भएतापनि कानुनतः सिफारिस अनिवार्य नरहेको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, उपमेयर चक्र अर्याल र प्रवक्ता बिष्णु पौडेलले समेत वैखरी अनलाइनलाई बताएका छन ।
(पीडितले वडामा पेश गरेका सम्पूर्ण कागजपत्रहरू वैखरी अनलाइन लाई प्राप्त भएका छन)








