कपिलवस्तु ।
निजी विद्यालयहरूका पूर्व–प्राथमिक तहका शिक्षकहरूलाई प्रशिक्षण संपन्न गरिएको छ । ब्प्याब्सन र एन प्याब्सनको संयुक्त आयोजनामा र देउराली स्टेशनरीको समन्वय तथा एलाइड पब्लिकेशनसको सहयोगमा तालिम संपन्न गरिएको हो ।
गुणस्तरीय सिकाइ प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजनले जनाएको छ । तालिममा निजी बिद्यालयका ढेड सय बढी शिक्षक शिक्षिका सहभागी थिए । एलाइड पब्लिकेसन्सकी पूर्व–प्राथमिकतहको पाठ्यपुस्तक लेखिका सोनी पौडेल तामाङले पढाउने तरिका, बिषय लगायतका बिषयमा जानकारी गराएकी थिईन ।
उनले (नर्सरी, एल.के.जी., यू.के.जी.) का बिषयमा प्रशिक्षण दिएकी िथइन्। उनले बालमैत्री शिक्षण विधि, सृजनात्मक अभ्यास तथा बालमनोविज्ञान सम्बन्धी विषयहरूमा व्यावहारिक ढंगले प्रशिक्षण दिएकी थिईन । देउराली स्टेश्नरीका संचालक अर्जुन चापागाईंको अध्यक्षता, प्याब्सनका पूर्व प्रदेश सदस्य कृष्ण भट्टराइको संचालनमा भएको कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सचिव तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरे, एन प्याब्सनका कपिलवस्तु अध्यक्ष युवराज घिमिरे मन्तब्य दिएका थिए ।
तालिममा सहभागी शिक्षकहरुले तालिमले बिदालयमा गर्ने क्रियाकलाप र पढाउने तरिका बारे धेरै कुराहरु सिकेको बताएका छन । यस्ता तालिमलाई अझै विस्तृत तथा दीर्घकालीन रूपमा सञ्चालन गर्नु पर्ने उनीहरुले बताए । यही बिषयमा तालिम बाणगंगा नगरपालिकामा समेत संपन्न गरिएको थियो ।







