गृहपृष्ठ Featured तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन मन्त्रीसहितको टोली फ्रान्स प्रस्थान

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन मन्त्रीसहितको टोली फ्रान्स प्रस्थान

गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पूर्व तयारीको लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा फ्रान्स पुगेका छन् ।

कार्यकारी उपाध्यक्ष डा। लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकको पूर्व तयारीको लागि गत शुक्रवार नै फ्रान्स पुगेका हुन् ।

बैठकको पूर्व तयारीको लागि फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सको लागि भारतीय राजदूत विशाल शर्मा, युनेस्कोको वर्ल्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो, तथा निर्देशक ग्वेनाले बोर्डिन सहितको विभिन्न देशका कूटनैतिक नियोगका प्रमुख, तथा विभिन्न संस्थाका प्रमुखहरूसँग प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक सहकार्यको लागि कार्यकारी उपाध्यक्ष डा. लामाले भेटवार्ता तथा छलफल जारी राखेका हुन् ।

त्यस्तै बैठकमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानीन राई लगायत कार्यक्रम सहभागीको लागि सोमबार फ्रान्स प्रस्थान गरेका छन् ।

यसअघि कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भैसकेको छ ।

गतवर्ष युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई औपचारिक रूपमा मनोनयन दस्ताबेज पेश भैसकेको छ ।

सम्बन्धित् समाचार