वैखरी अनलाईन, बाणगंगा ।
एनएमबि बैंक जितपूर शाखाले बाणगंगा माध्यामिक विद्यालय गजेहडालाई एयर कन्डिसन (एसि) प्रदान गरेको छ । बुधबार एनएमबि बैंक जितपूर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यलायलाई एसि प्रदान गरेको हो ।
विद्यलायको प्रारम्भिक बालबिकास कक्षामा अध्यनरत विद्यार्थीहरूलाई प्रतिकूल मौसममा समेत अध्ययनमा सहज होस् भन्ने उद्धेश्यसहित एसि प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले प्रदान गरेको एयर कन्डिसनले ससाना बालबालिकाहरुलाई सहज वातावरणमा सिकाइ क्रियाकलाप संचालन गर्न सघाउ पुग्ने भन्दै विद्यालयका प्रधानाध्यापक राम प्रसाद भण्डारीले आफ्नो विद्यालयलाई छनौट गरि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग प्राप्त हुने विस्वास व्यक्त गरे।
एनएमबि बैंकले आमजनतालाइ उत्कृष्ट र छिटोछरितो बैंकिङ्ग सेवा संगै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू विभिन्न क्षेत्रमा संचालन गर्दै आइरहेको छ ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिती, शिक्षक एवम् विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।








