गृहपृष्ठ Featured कपिलवस्तुमा वैदेशिक रोजगारीमा ठगीका घटनामा बढे । शवमा गरिने दलाली रोक्दै सुरक्षित आप्रवासन

कपिलवस्तुमा वैदेशिक रोजगारीमा ठगीका घटनामा बढे । शवमा गरिने दलाली रोक्दै सुरक्षित आप्रवासन

भुपाल थापा, असार २९ गते ।
कपिलवस्तु जिल्लाबाट वैदेशिक रोजगारीमा जाने तथा ठगीका घटनामा बढोत्तरी आएको पाइएको छ । चालु आर्थिक बर्ष २०८१र८२ मा मात्रै सुरक्षित आप्रवाशन ९सामी० कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा रहेको आप्रवाशन स्रोत केन्द्र ९सहायता कक्ष० मा ठगीका १ सय बढि घटनाको उजुरी परेका सामी कार्यक्रमका संयोजक सुभास रेग्मीले जानकारी दिए ।

चालु आर्थिक बर्षमा स्रोत केन्द्रमा २ सय २२ घटनाको उजुरी आएको थियो । जसमा ठगीका १ सय ३४ वटा, वैदेशिक रोजगारीमा मृत्युका ३९ वटा, जेल परेका ९ वटा, स्वास्थ्य समस्या भई उद्दार खोजेका २३ वटा, हराएका ९ वटा, अंगभंग ५ वटा, मेडिकल फेल ६ वटा र अन्य समस्या गरि २ सय २२ उजुरी आएका छन् । जसमा १ सय ६७ समस्या समाधान भएका छन भने ५५ वटा उजुरी समाधानको प्रक्रियामा छन्  ।

केन्द्रले जिल्ला प्रशासन कार्यालय र प्रहरीको सहकार्यमा १ सय ३४ ठगीका घटनामा १ सय १ वटा घटना समाधान गरेको छ भने ३३ घटना समाधानको प्रक्रियामा छन् । जसका कारण पीडितले यो आर्थिक बर्षमा ५ करोड ७८ लाख ४८ हजार ७ सय ८२ रूपैया आर्थिक सहायता र क्षतिपूर्ति प्राप्त गराउन सफल भएको संयोजक रेग्मीले बताए ।

यस्तै, मनोसामाजिक परामर्श मार्फत यो अवधिमा १ सय १८ पहिचान भएका मध्ये ७८ वटा समाधान भएका जनाइएको छ । ३५ वटा मनोसामाजिक परामर्शका केशहरु समाधान प्रकृयामा रहेका मनोसामाजिक परामर्शकर्ता अनन्ता न्यौपानेले बताइन् । सो मध्ये एन्जाइटीका बिरामी अत्यधिक रहेको पाइएको छ । ५२ जनामा एन्जाइटीका समस्या, डिप्रेसन ३०, ट्रमा १३ जना, आत्महत्याको प्रयास ११ जना रहेको उनले बताइन् ।

यस्तै, रोजगारीका लागि खाडी एव अन्य मुलुकमा गएकाहरुको विभिन्न कारणले हुने मृत्यु पछि शवमा हुदै आएको आर्थिक लेनदेन एवं दलाली रोक्न पछिल्ला वर्षहरुमा सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सुरुमा स्वीस सरकारको बजेटमा सुरु भएको समी कार्यक्रम अहिले नेपाल सरकार संघिय, प्रदेश र स्थानीय सरकारले अपनत्व लिईरहेका छन् ।

दलालहरुबाट जोगिन सुरक्षित आप्रवासनले स्थानीय सरकारका रोजगार शाखा र जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र शाखा स्थापना गरि परामर्श, जानकारी सहित सहयोग गर्दै आईरहेको छ ।

स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर सीप सिकेर मात्र जाऔं, अभियान संचालन गर्दै सामीले नेपाल सरकार वैदेशिक रोजगार बोर्डले गर्ने गतिबिधि र कामहरुबारे जानकारी दिईरहेको सामीका कार्यक्रम संयोजक रेग्मीले जानकारी दिए ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु वा अंगभंग भएमा सरकारी निकाय, रोजगारदाता र बीमा कम्पनीहरुले आर्थिक सहायता गर्दै आईरहेका छन् ।

उनका अनुसार सरकारी निकाय अन्तरगत वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोष, बीमा कम्पनी अन्तरगत स्वदेशका बीमा कम्पनीहरु र गन्तव्य मुलुकका बीमा कम्पनीले आर्थिक सहायता गर्दछन् ।

वैदेशिक रोजगार बोर्डबाट कल्याणकारी कोष अन्तर्गत वैदेशिक रोजगारमा रहेका कुनै पनि व्यक्तिको मृत्यु भए एक वर्ष भित्रमा १० लाख रुपियाँ, मृतकका परिवारलाई आर्थिक सहायता, शव घरसम्म निःशुल्क पुगाउने, नेपाल फर्केको एक वर्ष भित्रमा अधिकतम आर्थिक सहायता तथा क्षतिपूर्ती रकम सात लाख रुपियाँ सम्म, अंगभंग भएका कामदारलाई आर्थिक सहायता तथा क्षतीपूर्ती, मृतक तथा पूर्ण अशक्त कामदारका छोराछोरीलाई छात्रबृत्ति, आधारभूत तहलाई १२ हजार, मध्यमित तहलाई १६ हजार रुपियाँ, नेपाल फर्केको एक वर्ष भित्रमा अधिकतम आर्थिक सहायता तथा क्षतीपूर्ती रकम सात लाख रुपियाँ, विरामी कामदारलाई उपचार खर्च, कामदारका परिवारलाई उपचार खर्च, उपचार गराएको एक वर्ष भित्रमा अधिकतम २० हजारसम्म खर्च पाईने उनले जानकारी दिए ।

सम्बन्धित् समाचार