गृहपृष्ठ Featured गएराति देशका धेरै ठाउँमा वर्षा, आजको मौसम कस्तो रहला ?

गएराति देशका धेरै ठाउँमा वर्षा, आजको मौसम कस्तो रहला ?

काठमाण्डौ – गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पर्वतमा ४५ मिलिमिटर पानी परेको छ ।

राति सङ्खुवासभामा बाढी आउने गरी ठूलो पानी परेको थियो । सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज दिउँसो पनि सबैजसो प्रदेशमा पानी पर्ने तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित् समाचार