गृहपृष्ठ Featured गुल्मीको रुरुक्षेत्रमा एमालेले गरेको तालाबन्दी खोल्न कर्मचारी संगठनको माग

गुल्मीको रुरुक्षेत्रमा एमालेले गरेको तालाबन्दी खोल्न कर्मचारी संगठनको माग

गुल्मी ।

रुरुक्षेत्र गाउँपालिकामा पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला खोल्न जिल्लामा क्रियाशिल कर्मचारी संगठनहरुले माग गरेका छन् ।

रुरुक्षेत्र गाउँपालिकाभित्रका विद्यालयमा जडान गरिएका स्मार्ट बोर्ड खरिदमा अनियमितता भएको भन्दै नेकपा एमालेले असार ३० गते पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

तालाबन्दीप्रति कर्मचारी संगठनहरुले आपत्ति जनाएका छन् । जिल्लामा क्रियाशिल कर्मचारी संगठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै तालाबन्दी तत्काल खोल्न माग गरेका छन् ।

दैनिक प्रशासनिक सेवा प्रभावित भएपछि सर्वसाधारणको जीवन कष्टकर भएको भन्दै कर्मचारी संगठनहरूले यस्तो कार्य सिभिल सेवा ऐन २०४९ तथा बमोजिम साउन १ गतेदेखि लागू हुने तलब वृद्धि निर्णय कार्यान्वयनमा समेत बाधक भएको आरोप लगाएका छन् ।

तलब वृद्धि कार्यान्वयन रोकिँदा राष्ट्रसेवक कर्मचारीहरूको मनोबलमा गम्भीर असर पुगेको  र विकासमा समेत प्रतिकूल असर परेको कर्मचारी संगठनहरुको तर्क छ ।

सम्बन्धित् समाचार