लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ स्थितबाट दुई जनालाई लागुऔषधसहित प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६ का ३२ वर्षीय नफिस अहमद मनिहार र ३५ वर्षीय असगर अलि तेली रहेका छन् ।
बाटोमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा मनिहारको साथबाट १ सय १० मिलिग्राम लागुऔषध ब्राउन सुगर र तेलीको साथबाट २ ग्राम ६ सय ९० मिलिग्राम लागुऔषध चरेस जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई शुक्रबार अदालतबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।








