महिलाकाे श्रृङ्गारमा मेहेन्दीलाई महत्वपूर्ण मानिन्छ । अविवाहितले ‘राम्रो श्रीमान् भेटियोस्’ भनेर तथा विवाहितले ‘पती-पत्नीको प्रेम प्रगाढ होस्’ भनेर मेहेन्दी लगाउने चलन छ । विशेषगरी साउनमा महिलाले हरियाे चुरापाेतेसँगै मेहेन्दी लगाउने गर्छन् ।
पछिल्लो समय मेहेन्दीले फेसनकै स्वरुप लिएको छ । यसका अनेकौं डिजाइन प्रचलनमा छन् ।

मेहेन्दी लगाउने प्रचलन थुप्रै मानिसका लागि आयआर्जनको बाटो पनि बनेको छ । पसलदेखि फुटपाथसम्म मेहेन्दी लगाउने र लगाइदिनेहरू देख्न सकिन्छ । ठाउँ, डिजाइन र गुणस्तरअनुसार यसको मूल्य पनि फरक-फरक छ ।
तस्वीरमा हेर्नुहाेस् काठमाडाैंका पसलहरूमा मेहेन्दी लगाउने र लगाइदिनेहरू:












तस्वीर: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी










