गृहपृष्ठ Featured कपिलवस्तुमा तीन वर्षमा १३६ वटा सिसिटिभि क्यामेरा जडान

कपिलवस्तुमा तीन वर्षमा १३६ वटा सिसिटिभि क्यामेरा जडान

वैखरी अनलाइन, तौलीहवा ।

कपिलवस्तु जिल्लामा सार्वजनिक सुरक्षाको सुदृढीकरण र अपराध नियन्त्रणका लागि विगत तीन आर्थिक वर्षमा १३६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

प्रहरी कार्यालयको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाभर २३ वटा सिसिटिभी जडान गरिएका थिए । ती मध्ये वाणगंगा नगरपालिका–८, शिवराज नगरपालिका–७, बुद्धभूमि नगरपालिका–६ र जिल्ला प्रहरी कार्यालयमा २ क्यामेरा राखिएको थियो ।

त्यसपछि २०७९÷०८० मा थप २५ वटा क्यामेरा स्थापना गरिएको छ । यस अवधिमा वाणगंगा–८, यशोधरा गाउँपालिका–८, महाराजगञ्ज नगरपालिका–५, जिल्ला प्रहरी.कार्यालयमा ३ र विजयनगर गाउँपालिका १ वटा क्यामेरा जडान गरिएको हो ।

सुरक्षा सुदृढीकरणको क्रमलाई तीव्र बनाउँदै २०८०÷८१ मा एकै वर्ष ८८ वटा सिसिटिभी थप जडान गरिए । यस अवधिमा वाणगंगा नगरपालिका–४०, कृष्णनगर नगरपालिका–२४, शिवराज नगरपालिका–८, कपिलवस्तु नगरपालिका–८, शुद्धोधन गाउँपालिका–५ र जिल्ला प्रहरी कार्यालयमा ३ वटा क्यामेरा निगरानी प्रणाली विस्तार गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सिसिटिभी जडानलाई अपराध न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा आपराधिक क्रियाकलापको निगरानीमा महत्वपूर्ण माध्यमका रूपमा लिएको बताएको छ । साथै, स्थानीय तह तथा जनसहयोगमा यो कार्यक्रम अझ प्रभावकारी बनाउँदै लैजाने योजना रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित् समाचार