राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी कात्तिकमा हुने रुपन्देही- ३ काे उपनिर्वाचनका लागि उम्मेदवार आह्वान गरेकाे छ ।
रास्वपाले ७ साउनदेखि २१ साउनसम्म आवेदन दिन सक्नेगरी आह्वान गरेकाे हाे । इच्छुकले मोबाइल एपबाटै आवेदन दिन सक्ने रास्वाले जनाएको छ
रुपन्देही- ३ मा आगामी कत्तिक १७ गते उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेकाे छ ।








