गृहपृष्ठ Featured सल्यानमा मिनी बस दुर्घटना हुँदा १५ जना घाइते

सल्यानमा मिनी बस दुर्घटना हुँदा १५ जना घाइते

सल्यानमा मिनी बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

सल्यानको कुमाख गाउँपालिका-२ मा भे१ख ३९९४ नम्बरको मिनी बस दुर्घटना हुँदा त्यसमा सवार  १५ जना घाइते भएको प्रहरीले जनाएको छ । १५ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ

प्रहरीका अनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज र चौरजहारीतर्फ पठाइएको छ ।

नेपालगञ्जबाट कुमाख गाउँपालिकाको रागेचौरतर्फ जाने क्रममा अनियन्त्रित भएर बस सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

सम्बन्धित् समाचार