गृहपृष्ठ Featured संसदीय समितिमा भूमि विधेयकमाथि दफावार छलफल हुने

संसदीय समितिमा भूमि विधेयकमाथि दफावार छलफल हुने

८ साउन, काठमाडौं ।

संसदीय समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल हुने भएको छ ।

बिहीबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले यो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । यो सँगै संसदीय समितिमा भूमि विधेयकमाथि दफावार छलफल हुने भएको हो ।

यो विधेयक २३ वैशाख २०८२ मा प्रतिनिधिसभामा दर्ता भएको हो । यही विधेयकमा असन्तुष्टि जनाएर जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

नेकपा एमालेले यो विधेयकलाई फास्ट र्ट्याकमा अगाडि बढाउन खोजेको थियो ।

सम्बन्धित् समाचार