गृहपृष्ठ Featured लुम्बिनीका तराईका जिल्लामा वर्षा हुँदा राहत, कृषक हर्षित

लुम्बिनीका तराईका जिल्लामा वर्षा हुँदा राहत, कृषक हर्षित

वैखरी अनलाइन, बाणगंगा ।

लामो समयको खडेरीपछि आज शुक्रबार परेको वर्षाले लुम्बिनी प्रदेशका तराईवर्ती जिल्लाका बासिन्दालाई ठूलो राहत दिएको छ। अत्यधिक गर्मी र पानीको अभावका कारण जिवन कष्टकर बन्दै गइरहेका बेला परेको वर्षाले कृषकहरूमा आशा जगाएको छ।

सुक्न थालेको धानबालीमा नयाँ जीवन दिने विश्वास व्यक्त गरिएको छ भने रोपाइँका लागि कुर्दै आएका किसानले खेतमा काम थाल्न पाएका छन्। बाँकी रहेको खेतमा रोपाइँ सुरु हुने भएपछि किसानहरू खुशी भएका छन्।

स्थानीय कृषकहरूका अनुसार अझ केही दिन निरन्तर वर्षा भएमा कृषियोग्य जमिनमा हरियाली फर्किने छ र उत्पादनमा समेत सकारात्मक असर पर्नेछ।

सम्बन्धित् समाचार