काठमाडौं ।
स्पेनिस क्लब बार्सिलोनाका कप्तान तथा जर्मनीका गोलकिपर मार्क आन्द्रे टर स्टेगन तीन महिनाका निम्ति मैदानबाट बाहिर रहने भएका छन् ।
अघिल्लो वर्ष घुडाँमा चोट लागेपछि मैदान बाहिर रहेका स्टेगनले ढाँडको शल्यक्रिया समेत गरेका छन् । यही कारण उनी पुनः लामो समय मैदानबाट बाहिर रहने भएका हुन् ।
“यसपटक चिकित्सकहरूले तीन महिना आराम लिन सुझाव दिएका छन् । यस्तो घडीमा टोलीलाई सहयोग गर्न नपाउँदा निकै नराम्रो लागिरहेको छ,” सामाजिक सञ्जाल इन्ष्टाग्राममा टर स्टेगनले लेखेका छन् ।
उनी यसअघि घुडाँको चोटका कारण सात महिना मैदान बाहिर रहेका थिए । बार्सिलोनाले स्टेगन चोटका बाहिर रहँदा उनको स्थानमा वोसिच स्चेस्नीलाई भित्र्याएको थियो ।








